आर्थीकसंसार संवाददाता३० जेठ, २०८०
३० जेठ, २०८०काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा चयन भएकी भट्टचन जीवन बीमा क्षेत्रकै पहिला महिला अध्यक्ष हुन् । साथै कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।