News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सका १२ वटा मोटरसाइकल बिक्रीमा

    आर्थीकसंसार संवाददाता२८ जेठ, २०८०
    २१८ पटक
    २८ जेठ, २०८०

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल बिक्रीमा राखेको हो ।
    इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प ३१७९, २ सय सीसीका बागमति प्रदेश ०२०२९ प ९८६२, बागमति प्रदेश ०२४० प ०५०८, बागमति प्रदेश ०२००८ प ७६०३ नम्बर, बा ९९ प २२९२ र १५० सीसीको बागमति प्रदेश ०२०३६ प ९७७१ पल्सर बाइक बिक्रीमा राखेको हो । यस्तै, बा ९३ प ५९७३ नम्बरको डियो स्कुटर, ना ५८ प ७७२८ नम्बरको होण्डा साइन, ना ४७ प १९०९ नम्बरको हेरो होण्डा, क ३० प ९६६२ नम्बरको सीबि युनिकन मोटरसाइकल बिक्रीमा राखेको हो ।
    यस्तै, स्पेलेण्डर प्लस कम्पनीका बा २६ प ५४९५ र बा २६ प १७१७ नम्बरको बाइक बिक्रीमा राखेको हो । सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ ।
    सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ ।
    बोलपत्र फारम प्रतिकोटा पत्र १ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्