News Portal

  • मेगा बैंकको सेयर प्रारम्भिक कटअफ मूल्य निर्धारण

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    ११६९ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटकोअनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण समूहतर्फको २१६ रुपैयाँ कायम भएको छ ।
    बैंकको उक्त सेयरमा ५ हजार एक सय ५१ जना आवेदकहरुले आवेदन दिएका थिए । जसमध्ये संस्थापक समूहतर्फ जम्मा ११९ जना तथा सर्वसाधारण समूहतर्फ ५ हजार ३२ जनाको आवेदन परेको थियो ।
    बैंकले असोज ११ गतेदेखि असोज १८ गतेसम्म ११ लाख ३३ हजार ३ सय ४४ कित्ता संस्थापक तथा ७ लाख ७ हजार ३९४ कित्ता सर्वसाधारण सेयर लिलाम बढाबढद्वारा बिक्री खुला गरेको र सकेसम्म छिटो अन्तिम कटअफ मूल्य प्रकाशन गर्ने र सोही बमोजिम फिर्ता भुक्तानीसमेत वितरण गर्ने जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्