News Portal

  • कामना सेवाद्वारा लिटल मिस एन्जलमा सहभागी बालबालिकालार्ई वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८०
    १३१ पटक
    २६ जेठ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाद्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले बिहिबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम गरेको हो ।
    लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।  बैंकका अनुसार उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।
    बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्