News Portal

  • कर्जा नतिरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणीलाई कानूनी कारवाही गर्ने

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८०
    ८८ पटक
    २३ जेठ, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा नतिर्ने ऋणी अमृता किराना पसलका सञ्चालक सरीता देवीको तीन पुस्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेपछि ३५ दिने सूचना जारी गर्दै सञ्चालकसहति जमानीकर्तालाई समेत कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।
    व्यवसायिक कर्जा सुविधा वापत लिएको कर्जाको साँवा तथा ब्याज रकम तथा सोमा लाग्ने हर्जाना, जरिवाना तिर्न पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको बैंकले बताएको छ । ऋणीले कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकाले ३५ दिनभित्र ऋणकर्जाको साँवा तथा ब्याज, जरीवाना शुल्क चुक्ता फछ्र्यौट गर्न बैंकले आग्रह गरेको छ ।
    अन्यथा, प्रचलित कानून बमोजिम कर्जा असूलीको लागि आवश्यक कानूनी कारवाही अगाडि बढाउनुका साथै ऋणी, प्रोप्राईटर, व्यक्तिगत तथा धितो जमानीकर्ताहरूको ३ पुस्ता सहित कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाईने बैंकले जनाएको छ ।
    जमानीकर्ताहरुमा रेन्जु देवी, धितो जमानीकर्ता शम्भु प्रसाद नुनिया, जय प्रकाश महतो, नारायण प्रसाद नुनिया र जयचन्द्र प्रसाद नुनिया रहेको बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्