News Portal

  • एलिट क्यापिटलले रिलायबल नेपाल लाईफको सेयर प्रत्याभुति गर्ने

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०८०
    १८५ पटक
    १८ जेठ, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सकाे सेयर अण्डरराईटिग एलिट क्यापिटलले गर्ने भएकाे छ ।
    क्यापिटलले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने लागेकाे रिलायबलकाे सेयर अण्डरराईटिग गर्ने भएकाे हाे । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो ।
    यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् ।
    रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप १९९ रुपयाँ प्रिमियम थपेर प्रतिकित्ता २९९ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
    कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो । जसकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो ।
    हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ रुपैयाँ अर्ब पुर्याउनका लागि ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

    प्रतिकृया दिनुहोस्