News Portal

  • कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०८०
    ७६ पटक
    १६ जेठ, २०८०

    काठमाडौं । कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।
    बैंकको संस्थापक शेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकलेआज जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर बिक्री मूल्य १२१ रुपैयाँ तोकिएको छ ।
    लगानीकर्ताले के कति दररेटमा शेयर खरिद गर्ने हो सो उल्लेख गरी एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
    लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । ५ लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो प्यान नम्बर उल्लेख गर्नुपर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्