News Portal

  • रियलमीका शान्दार दुई मोडलहरु: नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा चाँडै आउँदै

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८०
    २८४ पटक
    १५ जेठ, २०८०

    काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ । रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ । यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँँ परिवर्तन ल्याउनेछन् ।

    रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल–नार्जो एन ५३
    यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्घित्तिय क्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँ मिनी क्याप्सुल फिचर रहेको छ । यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो ।

    ब्याट्रिको असली पावर हाउस – नार्जो एन ५५
    नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतीमा फोन चार्ज हुन्छ । त्यस्तै यसमा गज्जबका फोटोग्राफि फंक्सन भएका ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ । साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक ¥याम, रियलमि युआइ ४.० र नयाँँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ ।
    चलाउनको लागि नयाँँ नयाँँ फिचर, हेर्दा आकर्षक डिजाइन र अतुलनिय पर्फर्मेन्सको साथमा सम्भावनालाई नयाँँ अर्थ दिन तयार हुनुहुन्छ ? अब आफ्नो पहिचान र असलीपन शानसँग देखाउनुहोस ।

    यस परिवर्तनको हिस्सा बन्न चाहनुहुन्छ र लेटेस्ट स्निक पिकहरु जान्न चाहनुहुन्छ भने हाम्रो सामाजिक सन्जालमा जोडिनुहोस् –
    फेसबुक https://www.facebook.com/realmeNP/
    इन्स्टाग्राम https://www.instagram.com/realme.nepal/

    प्रतिकृया दिनुहोस्