News Portal

  • नेपाल लाइफद्वारा रु. ६४ लाख २५ हजारका दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
    १९५ पटक
    १४ जेठ, २०८०

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ । टीकापुर न.पा. ०१, कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रु. ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती)लाई हस्तान्तरण गर्नुभएको छ ।
    आफ्नो जीवनकालमा स्वः नरबहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि. टीकापुर शाखा कार्यालयबाट मिति २०७५/०५/१३ गते रु. ५०,००,०००/– बीमाङ्क भएको जीवन बीमा योजना लिनुभएको थियो । बीमाङ्क बापतको रकमअन्तर्गत रु. ५०,००,०००/– र बोनस बापत रु. १४,२५,०००/– गरी जम्मा रु. ६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।
    कागजात प्राप्त भएको पाँच दिन भित्र नै कम्पनीले भुक्तानी गरेको हो । दाबी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्