News Portal

  • आजदेखि दुई इन्स्योरेन्स कम्पनीले एकिकृत निर्जीवन बीमा व्यवसाय शुरु गर्दै

    आर्थीकसंसार संवाददाता
    १५१ पटक

    काठमाडौं । आजदेखि यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । आज आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् ।
    दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।
    मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्ति गर्ने टुङ्गो लागिसकेको छ ।
    साधारणसभाले ५ प्रतिशत बोनस शेयर पारित गरे सँगै युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड पुगेको छ । अजोडको चुक्ता पूँजी एक अर्ब रहेको छ । स्वाप रेसियोका आधारमा अजोडको चुक्ता पूँजी ८२ करोड ५० लाखमा झर्नेछ । मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नु पर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्