News Portal

  • रिलायबल नेपाल लाइफले डाक्यो छैटौं वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०८०
    ७६ पटक
    १२ जेठ, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफले छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले असार १ गते लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । सभा विहान ११ बजे हुनेछ । कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
    सभाले संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान, हिसाब, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका एनएफआरएस सम्बन्धीको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
    सभाले आर्थिक वर्ष २०७९/ ८० को लेखापरीक्षक नियुक्त गर्ने, निजको पारीश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्