News Portal

  • सनराइज बैंकद्वारा चाडपर्वलाई लक्षित गरी नयाँ अफर २० जनालाई स्मार्टफोन

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७७
    १५३५ पटक
    १ कार्तिक, २०७७

    काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।
    यस योजनाअन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक÷एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गते देखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्