News Portal

  • हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण, प्राधिकरणले दियो स्वीकृति

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८०
    २६० पटक
    ५ जेठ, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले  स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए ।
    साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका थिए।

    प्रतिकृया दिनुहोस्