काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लामा तीन दिने कृषि, पशुपन्छि तथा जडिबुटि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम बैशाख २८ गते देखि ३० गते सम्म संचालन भएको हो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल , गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।
तालिमको आन्तिम दिन अजोड इन्स्योरेन्स लिमिटेडका अधक्ष्य आजाद श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिदै गाउँ गाउँमा बीमाको पहुच बढाउन अनुरोध गरेका थिए । साथै उनले अभिकर्ताहरुलाई हौसला प्रदान समेत गरेका थिए ।
तालिममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाले गरेका थिए ।
पर्वतमा अजोड इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि अभिकर्ता तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता३१ बैशाख ,२०८०
३१ बैशाख ,२०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी