News Portal

  • गुराँस लाइफको नाफा साढे २२ प्रतिशतले बढ्यो, १४ अर्ब माथिको जीवन बीमा कोष

    आर्थीकसंसार संवाददाता३१ बैशाख, २०८०
    २९३ पटक
    ३१ बैशाख, २०८०

    काठमाडौं । गुराँस लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले २ अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३५ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ६७ प्रतिशतले घटेको छ ।
    तेश्रो त्रैमाससम्म कम्पनीले १६ करोड १२ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १३ करोड १६ लाख थियो । नाफा २२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।
    २ अर्ब २३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६५ करोड २८ लाख रहेको छ । जीवन बीमा कोष १६ दशमलव १४ प्रतिशतले वृद्धि हुँदै १४ अर्ब १ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १२ अर्ब ०६ करोड थियो । कम्पनीको खुद दावी भुक्तानी ९८ करोड पुगेको छ ।
    प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ६० पैसा र प्रति शेयर नेट्वर्थ १३३ रुपैयाँ ७६ पैसा छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

    प्रतिकृया दिनुहोस्