News Portal

  • बेष्ट फाइनान्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८०
    ३३२ पटक
    ३० बैशाख, २०८०

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
    सभाले यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७२/७९ को बार्षिक वित्तीय विवरण २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरेको छ ।
    सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७१/८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।
    यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्