आर्थीकसंसार संवाददाता२७ बैशाख, २०८०
२७ बैशाख, २०८०काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जेएमसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चनौलीबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटा र जेएमसी सहकारीका तर्फबाट अध्यक्ष महेन्द्र गुरुङले सम्झौता हस्ताक्षर गरेका हुन् ।
कम्पनीले आफ्नो बीमा सेवालाई विस्तार गर्ने क्रममा उक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको कम्पनीले जनाएको छ । सम्झौता पछि जेएमसी बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले अब सहकारीबाटै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने रिजनल म्यानेजर सापकोटाले बताए ।