News Portal

  • तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विश्व कीर्तिमान कायम

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १६८३ पटक
    ३० असोज, २०७७

    धनगढी । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् ।
    यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय ५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका छन् । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो ।
    धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा भएको थियो ।
    अब अर्काे रेकर्ड आगामी अक्टोबर २० मा मोष्ट मार्शल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन् ।
    हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार छ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यसपश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्