काठमाडौं । आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले १ सय रुपैयाँ बोनश पाउने छन् । आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ । साथै पछिल्लो समय देखी आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहक वर्गलाई ५० रुपैयाँ बोनश दिदै आईरहेको छ ।
यसैक्रममा अब ग्राहक वर्गले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले १ सय रुपैयाँ बोनश पाउने छन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनश पाइने
आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८०
२६ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान