काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ११.७० प्रतिशत घटेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १२.७८ प्रतिशत घटेर ३१ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.४० प्रतिशत बढेर २१ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
९ महिनामा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४ करोड ५१ रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०.५५ प्रतिशत बढेर १ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत घटेर २६ करोड ५३ लाख रुपैयाँ, बीमा कोष ११ प्रतिशत बढेर ७२ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.९२ रुपैयाँ र प्रति सेयर नेट्वर्थ १८३.२७ रुपैयाँ रहेको छ ।