काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ८१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १३ प्रतिशत बढेर ५९ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५ प्रतिशत बढेर २५ करोड ३९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
९ महिनामा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४२ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५६ प्रतिशत बढेर १ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २४ प्रतिशत घटेर २४ करोड ७१ लाख रुपैयाँ, बीमा कोष १४ प्रतिशत बढेर ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रति सेयर नेट्वर्थ १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।