News Portal

  • सिजीले दसैं–तिहार पर्व लक्षित उपहारै उपहार योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    ११३७ पटक
    २९ असोज, २०७७

    काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट /सिजीइन्सपायरिङलाइफडटकम रक्याटोगरीर फेस्टिभअफर्सर बाट बुकिङ गरेर खरिद गर्नुपर्ने जनाएको छ । यसरी खरिद गरेर बम्पर उपहारमा ३ भाग्यशाली विजेताले सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर प्राप्त गर्नेछन् । यसमा २० देखि ४३ इन्चसम्मको टिभी खरिदमा ३० प्रतिशतसम्म नगद छुट पनि दिइने कम्पनीले जनाएको छ ।
    सोभन्दा ठूलो टिभी खरिदमा भने नगद छुटका साथमा सिजीकै स्पिकर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साइड बाई साइड र मल्टी डोर रेफ्रिजेरेटर खरिदमा सिजी ब्रान्डको मिक्स्चरका साथै नगद छुटको पनि पाइने छ ।
    डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको प्रेसर कुकर उपहार राखिएको छ । सिंगल डोर रेफ्रिजेरेटरमा पनि आकर्षक नगद छुट राखिएको छ । फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्स्चर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार राखिएको समेत कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्