आर्थीकसंसार संवाददाता२२ बैशाख, २०८०
२२ बैशाख, २०८०काठमाडौं । एलआइसी नेपालको संचालकमा तबलेश पाण्डेय नियुक्त भएका छन् । यस अघिका संचालक बी.सी पटनायकको पदावधी २०७९ चैत १७ गते समाप्त भई उनको ठाउँमा पाण्डेयलाई नियुक्त गरेको हो । उनलाई भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते मनोनित गरी कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिकोबैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।