News Portal

  • अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत

    आर्थीकसंसार संवाददाता२२ वैशाख , २०८०
    १४० पटक
    २२ वैशाख , २०८०

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो ।
    यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम हुने गरी सेयर संरचना पविर्तन गरेको हो । यसअघि संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो ।
    बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित निकायको स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव गत मंसिर ९ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो ।
    यदि कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भएमा ७ दिन जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको समयमा जानकारी नभए संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्