News Portal

  • २३ औं वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

    आर्थीकसंसार संवाददाता२१ बैशाख, २०८०
    २३३ पटक
    २१ बैशाख, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
    यस अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममार्फत कुल ३१० पिन्ट रगत संकलन गरिएको कम्पनी जानकारी दिएको छ ।
    वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन योजना ल्याउने बताए ।
    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्तसम्ममा लगानी १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्ब रुपैयाँ संचित रहेको छ ।
    कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्