News Portal

  • राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, कारोबार रोक्का

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८०
    २९५ पटक
    १९ बैशाख, २०८०

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्तापुँजी २६ करोड रहेको छ ।
    कम्पनकिो उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
    कम्पनीले वैशाख १३ गते लाभांश घोषणाको निर्णय गरेर नेप्सेमा आज वैशाख १९ गतेको कारोबार समयमा मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो । नेप्सेले कम्पनीलाई बैशाख १३ गते गरेको निर्णय आज कारोबार समयमा किन पठाएको र के कति कारणले यस्तो भएको हो भन्दै स्पष्टिकरण माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्