काठमाडौं ।प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १५ करोड १ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४० प्रतिशत बढेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ५४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, जीवन बीमा कोष ५ प्रतिशत बढेर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ र महाविपत्ति कोष ५३.८४ प्रतिशत बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
चालू आवको ९ महिनाको अवधिमा कूल बीमा शुल्क आर्जन ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ, कूल कायम रहेको बीमालेखको संख्या २ लाख ७४ हजार २१८, कूल जारी बीमा लेखको ंसंख्या २२ हजार ८७७, कूल दावी भुक्तानी १ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ३०४ वटा दाबी मार्फत ११ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।