काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम चितवनको सौरहा स्थीत चितवन प्याराडाइज होटलमा सम्पन्न गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न जिल्लाका गरि ३३ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
तलिम कार्यक्रममा संस्था नायब कार्यकारी अधिकृत सरोज कुमार सिंह, कर्जा विभाग प्रमुख ललित प्रसाद चौधरी, मानव संसाधन तथा सामान्य प्रशासन विभाग प्रमुख रमेश चौधरी, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख विजय यादव लगाएतले सहजिकरण साथै प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बारे छलफल, एएमएल, सिएफटी कर्मचारी अनुशासन, लेखा परिक्षण, कर्जा सदुपयोगीता, जोखिम व्यवस्थापन लगाएतको विषयमा सहजिकरण दिएको थियो ।
तालिम कार्यक्रमलाई समापन गर्दै प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले कर्मचारीहरुलाई सेवाग्राही सदस्यहरुको गुनासो व्यवस्थापन गर्न, सकारात्मक भावना सहित उच्च मनोबल राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
महुली लघुवित्तद्धारा २ दिने शाखा प्रबन्धक दक्षता विकास तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८०
१९ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान