News Portal

  • भोलिदेखि कुमारी बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्दै

    आर्थीकसंसार संवाददाता१८ बैशाख, २०८०
    ३११ पटक
    १८ बैशाख, २०८०

    काठमाडौं । कुमारी बैंक लिमिटेडले भोलि वैशाख १९ गतेदेखि १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक व्यक्ति फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूणर् कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
    आवेदकले जेठ २३ गतेसम्म आवेदन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल कमलादी काठमाडौंमा खोलिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्