आर्थीकसंसार संवाददाता१५ बैशाख, २०८०
१५ बैशाख, २०८०काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले कामना सेवा विकास बैंकको बोनस सेयर मुल्य समायोजन गरेको हो ।
बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।
बैंकको ४.४१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८८.१० रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार बैंकको सेयर प्रतिकित्ता ३००.८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।