News Portal

  • नेको इन्स्योरेन्सले भुक्तानी गर्यो ७० प्रतिशत बढी दाबी, कृषिको मात्रै १० करोड बढी

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०८०
    ३०६ पटक
    ११ बैशाख, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा तीव्रता देखिएको छ । नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कूल १ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
    कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा थपिएका सहित कूल दाबीमध्ये ७० प्रतिशत दाबी भुक्तानी फर्छ्यौट गरिएको छ।
    चालू आव २०७९/८० मा पुराना भुक्तानी हुन बाँकी दाबीहरु ३ हजार ९७३ रहेका थिए । यसैगरी चालू आर्थिक वर्षमा थपिएका समेत गरेर कूल ८ हजार ९५९ वटा दाबी फर्छ्यौट गरेको छ। योमध्ये कृषिसँग सम्बन्धित २ हजार २३० वटा दाबीवापत १० करोड २ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
    कम्पनीले बीमितको सुविधाका लागी गत पाँच वर्षदेखि ठाउँको ठाउँ दाबी भुक्तानी सेवा समेत स‌ंचालन गरिरहेको छ। दाबी भुक्तानीका लागी पेश गर्न बाँकी रहेको कागजप्रमाणहरू पेश गरेर दाबी भुक्तानी लैजानका लागी कम्पनीले बीमितसँग अनुरोध समेत गरेको छ।

     

    प्रतिकृया दिनुहोस्