News Portal

  • महुली लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०८०
    ३२९ पटक
    ९ वैशाख, २०८०

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने रकम बराबरको ४ करोड २ लाख ९ हजार १४५ रुपैयाँ बोनश शेयर र ०.७५ प्रतिशतले हुन आउने २१ लाख १६ हजार २७० रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
    त्यस्तै, सभाले बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्ने विशेष प्रस्ताप स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्मको वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गरेको छ ।
    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्