News Portal

  • एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
    २४४ पटक
    ३ बैशाख, २०८०

    काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच कर्पाेरेट कार्यालय, नेपाल एसबिआई बैंक लि., काठमाडौँ, नेपालमा मिति २०८० वैशाख ३ गते (ई.सं. १६/०४/२०२३) मा समझदारी पत्रमा हस्ताक्षर भयो । उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal  र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ । नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।
    उक्त समझदारी पत्रमा SBICAPS को तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा NSMBL को तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गर्नुभयो । उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष श्दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध संचालक सि. एस. सेट्टी, SBICAPS  का प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष श्री जयती बन्सल तथा अन्य संचालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे तथा SBI, SBICAPS, NSBL एवं NSMBL का अन्य वरिष्ठ महानुभावहरुको गरिमामय उपस्थितिका बीच सम्पन्न भयो ।
    समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरीएको छ ।

    प्रतिकृया दिनुहोस्