काठमाडौं । युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पौडेल १३ सय ७३ मत ल्याएर एशोसियट समूहकै दोस्रो हुँदै निर्वाचित भएका हुन् ।
कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन् ।
विशेष गरी अन्तर्राष्ट्रिय लगानी र व्यापार विकासमा अनुभवी उनले उद्योग व्यवसाय जगतमा छोटो समयमै सफल उद्यमीको रूपमा स्थापित भएका छन् ।
महासंघको कार्यकारिणी समितिको गएको कार्यकालमा अन्तर्राष्ट्रिय लगानी समितिको सहअध्यक्षका रूपमा उनले नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान, र टीमवर्क– यि चार मुख्य स्तम्भहरूमा केन्द्रित रहेर आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहयोग पुग्ने गरी उम्मेद्बारी दिएका मनोजले अब कार्यकारिणी समितिमा निर्वाचित भइसकेपछि नव निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै नेपाली उद्यम र उद्यमीका निम्ति लागि पर्ने बताएका छन् ।
युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
आर्थीकसंसार संवाददाता३० चैत, २०७९
३० चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने