News Portal

  • युनियन लाइफको व्यतित बीमालेख नवीकरणमा ब्याज छुट

    आर्थीकसंसार संवाददाता२७ असोेज, २०७७
    १२५२ पटक
    २७ असोेज, २०७७

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट दिने जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ । साथै कम्पनीले पुनर्जागरण भएको बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्