News Portal

  • नबिल बैंकद्वारा ग्राहकहरुलाई केवाईसी अद्यावधिक गराउन आग्रह

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १६४० पटक
    २७ असोज, २०७७

    काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडि खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको एक सूचना जारी गर्दै बताएको छ । बैंकले सम्बन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइटमार्फत फारम प्राप्त गरि भरेर बुझाउन आग्रह गरेको छ ।
    २०७७ कात्तिक मसान्तभित्र केवाईसी अध्यावधिक नगराएमा खाता सञ्चालनमा रोक लगाउने समेत बैंकले भनेको छ ।

    प्रतिकृया दिनुहोस्