News Portal

  • सनराइज बैंकद्वारा मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १२९२ पटक
    २७ असोज, २०७७

    काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्ड कल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।
    यस खालको सेवा प्रयोग गर्नका लागि एकपटक आफ्नो विद्युत महसुलसम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यान्वयनमा आउने बैकले जनाएको छ ।
    हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ती, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहक बर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्