News Portal

  • सरकारले तलब दिन नसकेर उच्च ब्याजमा ट्रेजरी बिल बिक्री गर्दैछ : डिसीईओ ज्ञवाली

    आर्थीकसंसार संवाददाता२२ चैत, २०७९
    ११६ पटक
    २२ चैत, २०७९

    काठमाडौं । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज ज्ञवालीले सरकारले कर्मचारीलाई तलब दिन नसकेर उच्च ब्याजमा ट्रेजरी बिल बिक्री गरिरहेको बताएका छन् ।
    बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
    उनले देशको हालत खराब भैसकेको बताए । ‘देश रह्यो भने संस्था रहन्छ, संस्था रह्यो भने अटोमेटिक जनता रहन्छन्, त्यसैले देश जोगाउनु पर्छ,’ उनले भने ।
    ज्ञवालीले कर्मचारीले सही काम गर्न नसके संस्थाले राम्रो प्रतिफल नदिने बताउँदै कर्मचारीहरु शुत्रभन्दा पनि साथी भएर सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।
    यस्तै, उनले बैंकका कर्मचारी गाउँगाउँमा जाँदा कालोमोसो दल्ने प्रवृति बढेको बताए । टाइ र परिचयपत्र लगाएर हिँड्ने बैंकका कर्मचारीको सुरक्षाको व्यवस्था सरकारले गर्नुपर्ने उनी बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस्