काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच आज मिति २०७९ चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे.बाट हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।
सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।
प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच समझदारी पत्रमा हस्ताक्षर
आर्थीकसंसार संवाददाता२२ चैत, २०७९
२२ चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने