News Portal

  • मनकामना केबुलकार आज बन्द

    आर्थीकसंसार संवाददाता२२ चैत, २०७९
    ४१८ पटक
    २२ चैत, २०७९

    काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो ।
    केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
    उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नत्ति गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्