News Portal

  • अब ब्याजदर घट्छ, अर्थतन्त्रमा सुधार हुँदैछ: गभर्नर महाप्रसाद अधिकारी

    आर्थीकसंसार संवाददाता२१ चैत, २०७९
    ३८० पटक
    २१ चैत, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा.प्रकाशशरण महत समक्ष अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । मंगलबार अर्थमन्त्री र गभर्नरको भेटवार्तामा उनले महतलाई अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् ।
    ‘ब्याजदर घट्दो क्रममा छ, बैंकमा लगानीयोग्य रकम पनि बढ्दै गएको छ, व्यावसायिक वातावरण विस्तारै लयमा फर्किँदै गएको छ, अब अर्थतन्त्रमा सुधार हुन्छ,’ गभर्नर अधिकारीले अर्थमन्त्री महतसमक्ष भने ।
    अर्थमन्त्री मतहले मंगलबार बिहान गर्भनर अधिकारीसहित राष्ट्र बैंकका अधिकारीलाई बोलाएर छलफल छन् । छलफलमा पछिल्लो समय भएको ब्याजदर बृद्धि, तरलता अभाव, अर्थतन्त्रमा देखिएको शिथिलता लगायतका विषयमा छलफल भएको बताइएको छ ।
    छलफलमा केन्द्रीय बैंकका कारण अर्थतन्त्र यो अवस्थामा पुगेको भन्ने आरोप लगाइएकोमा अर्थमन्त्री महतले वास्तविकता बुझन आग्रह गरे ।

     

    प्रतिकृया दिनुहोस्