News Portal

  • ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२१ चैत, २०७९
    ३५१ पटक
    २१ चैत, २०७९

    काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको रु.५८,६०,००,०००/– शेयर पूँजी बराबरको रु.१००/– दरको ५८,६०,००० कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट््स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्णमान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरीराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिलकुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्