News Portal

  • लुम्बिनी विकास बैंक लिमिटेडको थप नयाँ एटीएमको उद्घाटन

    आर्थीकसंसार संवाददाता२० चैत, २०७९
    ३३० पटक
    २० चैत, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मिति २०७९ चैत २० गते थप एक एटीएमको उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ०२ स्थित आफ्नो वाणी शाखाबाट एटीएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको छ । उक्त उद्घाटन कार्यक्रमको सभापतित्व वाणी बजार ब्यवस्थापन समितीका अध्यक्ष डम्बरदेव जोशीले गर्नुभएको थियो साथै एटीएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा ले गर्नुभयो । उक्त समारोहमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, सामान्य प्रसाशन बिभाग प्रमुख दीप बहादुर रावल, वाणी शाखाका शाखा प्रबन्धक मनोज शाही लगायत बैंकका कर्मचारीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल ले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो ।


    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटीएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

    प्रतिकृया दिनुहोस्