काठमाडौं । मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । ३ वर्ष अगाडी प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका श्यामकृष्ण तिमिल्सीनाको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो । मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा चागुनारायण नगरपालिका ८ का वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष जनक खत्रीले छिटो छरितो तरिकाले दावी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद प्रकट गर्नुभयो । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस आकर्षित हुने औंल्याउनु भयो ।
दाबी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मान बहादुर विष्ट मदन ले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताउनु भयो । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रदेश प्रमुख मान बहादुर विष्टले थप्नुभयो । दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, बरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अन्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्रभु लाइफद्वारा एक हप्तामै मृत्यु दावी भुक्तानी
आर्थीकसंसार संवाददाता१९ चैत, २०७९
१९ चैत, २०७९- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो