News Portal

  • एनआईसी एशिया बैंकले चलायो आफ्नै पेमेन्ट स्वीच, डिजिटल फस्ट बैंक बन्ने रणनीति

    आर्थीकसंसार संवाददाता१६ चैत, २०७९
    २९१ पटक
    १६ चैत, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक फण्ड ट्रान्सफर पेमेन्ट स्वीचको लागि बैकले आवश्यक पूर्वाधार निर्माण गरी नयाँ सेवा शुरु गरेको बैंकले जनाएको छ ।
    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता गराई कारोबारलाई सुरक्षित र सरल बनाउन यस स्वीचको मद्दत गर्ने बैंकले जनाएको छ ।
    डिजिटल कारोबारमा ग्राहकको सहभागिता उल्लेख्य वृद्धि भैरहेको । आगामी दिनमा यस्तो संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको बैंकले जनाएको छ ।
    नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पुर्‍याउन मद्दत पुग्ने हुँदा उपभोक्तहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त यस स्वीच कोषेढुंगा सावित हुने विश्वास लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकतृ सुधीर नाथ पाण्डेले बताए ।

     

    प्रतिकृया दिनुहोस्