काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु ९एजेन्टहरु० मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं ९एजेन्ट्स० यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई(एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।
आइएमई पे:
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ ९वालेट एप० विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूणर् सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।
“आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने”
आर्थीकसंसार संवाददाता१६ चैत, २०७९
१६ चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने