News Portal

  • एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने

    आर्थीकसंसार संवाददाता१० चैत, २०७९
    ३३५ पटक
    १० चैत, २०७९

    काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
    ‘यस बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशन/माइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम/पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएकाे सूचनामा भनिएको छ ।
    कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्