News Portal

  • सिएनआईको बरिस्ठ उपाध्यक्ष बने राजेश अग्रवाल

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७९
    ३२० पटक
    ८ चैत्र, २०७९

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल  चयन  भएका छन् ।
    परिसंघका पूर्वअध्यक्षहरूसहितको गभर्निङ काउन्सिल बैठकले अग्रवाललाई नाम सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।
    अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए । उनी अबको दुई महिनाभित्रै परिसंघको अध्यक्ष बन्ने भएका छन् ।
    गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट हुने र वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्