News Portal

  • विपन्न परिवारका ५० जनाले पाए महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता६ चैत, २०७९
    १६७ पटक
    ६ चैत, २०७९

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी रिफ्रेसमेन्ट रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवल शाखासँग समन्वय गरेर सेवाग्राहीलाई उत्प्रेरित तथा लाभान्वित हुनेगरी शनिबार स्थानीय ४० बढी अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
    चन्द्रौटामा एक कार्यक्रमको बीच शिवराज नगरपालिकाका विपन्न ५० जनालाई उपहारस्वरुप बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
    कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर तथा चन्द्रौटामा रहेको जस्मिन मनि ट्रान्सफरका सञ्चालक समेत रहेका आर्यन खानले ५० जनाको प्रतिव्यक्ति दुई लाख रकम बराबरको बीमा गरेको बताए । बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो प्रभावकारी योजना ल्याएको उनले बताएका हुन् ।
    आम नागरिकलाई राहत होस भन्ने हेतुले पहिलो किस्ता आफ्नो व्यक्तिगत खर्चमा बीमा गरिएको म्यानेजर खानले जनाए । यस क्षेत्रका विपन्न गरिब परिवारलाई आगामी महिना थप ५० जनाको जीवन बीमा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ ।
    यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए । जीवन बीमाले बचत गर्ने विकाससँगै आर्थिकरुपमा सबल बनाउने जिकिर गर्दै क्षमताले भ्याएसम्म बीमा गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्