News Portal

  • सूर्य नेपालले त्रिसारा अगरबत्ती बजार ल्यायो

    आर्थिकसंसार संवाददाता२२ साउन, २०७७
    ६०७ पटक
    २२ साउन, २०७७

    काठमाडौं । सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीको भनाइ छ । यो अगरबत्तीको मूल्य सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । यसअन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछ । जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समयसम्म टिक्ने बताइएको छ । कम्पनीका अनुसार त्रिसारालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गरिनेछ ।
    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अगरबत्ती बनाएर बिक्री गर्दै आएको छ । यो अगरबत्तीले अवैध आयातलाई रोकेर राजस्व वृद्धिमा सघाउन सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्